(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); पुतलि सर्किनि(लघुकथा) | VOICE OF YOUTH

पुतलि सर्किनि(लघुकथा)

कथा ,पुतली सर्किनी
 कान्लामाथी ओरालोमा सानो घुमाउरो घर थियो सम्पतिको नाममा।  त्यही पनि आफ्नो नाममा नभा  ओइलानि । उनका पाच छोरी दुई छोराको परिबार थियो   ।
उनको लोग्ने मेरो छिमेकिको घर हलो जोत्त्थो । कहिले काही ढुङ्गा पनि फोर्द्थ्यो  बेलुका कहिले घर जान्थ्यो कहिले त्यहिनै सुत्थ्यो उसलाई सुत्त्ने ठाउ निश्चित थिएन  रक्सी  अघाउन्जेल खाएर रातै भरी जाग्राम हुन्थे ,  हामिलाई समेत राती सुत्न  दिदैनथ्यो  ।उ टौवामुनिनै परालको सीरानि परालकै दस्ना अनि दाउराको  ठुटोको सीरानि च्यापेर  रात कटाउथे  सायद निद्रा नपरेर होला रात भरी कराउथ्यो त्यो नै उस्लाई बाद्य्यताको  आनन्द थियो । घरमा गयो  भने रातै भरी एक्लै बोल्ने झगडा गर्ने भएकोले छोराछोरीले पनि त्यती मन पराउन्न्थे भन्थिन पुतली ।श्रीमतिलाई त झनै दुख दिन्थ्यो उसले
 पुतली ,त्यसैले  घर बनाउने ढुङ्गा बोकि ढुवानिको काम गर्थिन उनले सबैले मन पाराउथे उनलाई । बोलचालीमा पनि फरसीली रसिली हसीली भएरनै  होला ।
उनि  असाध्य  राम्म्री थिईन गोरि ठुला आखा भएकी होची पुटुक्क परेकी  लुग्ङ्गी र चोलो पहेलो पटुकी कम्मरमा टिपिक्क पारेर हिड्थिन पहिरन पनि सुहाउदो थियो ।
छुवाछुतले अति झाङिएको समाजमा  हामिलाई भगवानले पानी नचल्ने बनाएकोमा गर्व नै गर्थिन त्यसैले अलक्क बस्थिन परै अनि बाहिरको काम गर्दिन्थिन  ।मैले नसक्दा नभ्याउदा कपडा समेत धोईदिन्थिन एक पटक पैसा समेत्को सर्ट धुन दिदा पैसा रहेछ सरको भन्दै ल्याएर दिईन म उनको  इमान्दार सच्चाईको असाध्य कदर गर्छु ।
मलाई काम गर्ने खाने मान्छे असाध्य मन पर्छ त्यसैले होला धनी हुम भन्नेहरुको घमण्ड र रबाफ देखी टाढै बस्छु  त्यस्तै निम्न बर्गका मानिसनै मेरा साथी बन्छ्न
सुख बाड्ने भन्दा दु:ख बाड्ने साथी धेरै छन ।मैले त्यस्तै  मन पराउछु  र सायद मलाई पनि त्यस्तैले मन पराउछन  ।
    उनि आफ्नो काम नभएको बेला   प्रायजसो बिहान सबएरै मेरै घर आउथिन ,  चिया खान्थिन अनि अलि टाढा छेउमा टुसुक्क बस्थिन  म सङ्ग   मनका दु:खका पिडा पोख्थिन  बर्षेनी र छोराछोरी जन्माउन पर्ने  बाध्याता  अनि काम नगरे बिहान बेलुका केले छाक टार्ने छोराछोरी पेट भरि पनी  खान दिन पाउदिन ।
लोग्नेले काम गरेर कहिले काही मात्र रासन पानी लैजान्थो घर अलि ठुला छोरिहरुले चाही सघाउथे त्यसैले अलि अलि भएपनी राहत मिल्छ अरु पानी पर्दा बर्षामा सबैपानी भित्र पर्छ जाडोमा बिहान कहिले होला जस्तो लाग्छ  यस्तै गन्थन गर्थिन
उनि दोराउदै भनिरत्न्थिन "हाम्रो दिन कहिले आउला  "  आउछ आउछ गरिब धनी बराबर हुने सरकार ल्याउन पर्छ भन्थे त्यो कसरी आउछ ? खै भन्दै प्रस्न गर्थिन महिले यो सरकार फाल्न पर्छ अनि तिमिहरुकै दिन आउछ भन्थे खै हजुर भन्थिन
   यस्तैमा मैले बसाई सरे उनि धेरै रोईन रे ! सम्बिधान सभाको चुनाव हुदा म पनि गाउ गए अनि उनि सङ्ग भोट माग्दै तिमिहरुको दिन आउछ मैले भनेको ठाउमा देउ भने मैले , हुन्छ हजुर जे भन्नु हुन्छ
 भनिन आफुले चिनेकालाई पनि भोट माग्न हिडिन
धेरैमा भेट्टदा बुढी भैसकिछ्न दात सबै झरेछन  कपाल सेतै भएछ ।
      बेला बेलामा म घर जादा भेट्न आउथिन उनि अनि खै हजुर तिम्रा दिन आउछ भन्नु भाथ्यो मेरो घर चुहिएकै छ झन दु:ख पाए काम गर्न पनि सक्दिन बुढी भए  बुढो पनि मर्यो छोरिहरु पनि आफै बिबाह गरेर गए छोरो पनि उहि बाउ जस्तै रक्सिले मातेर आउछ बिबाह भाछैन मैलाई पिट्न खोच्छ  हिजो घरै आएन
छोरिहरु पनि आ - आफ्नै घर आफ्नै छोराछोरी आफ्नै सन्सार  कहिले काही पनि भाईको यस्तो व्यबहारले गर्दा आउदैन्न्न  ढुङ्गा माथी बसेर एक्लै घोप्टो पर्छु  पागल जस्तै भाछु  त्यती मेसो पाउदिन भन्थिन  हेर्दा पनि मानसिक बिरामी जस्तै देखिन्थिन उनि । समय धेरै बग्यो  तर मानसपटबाट मैले उनलाई हटाउन सकिन। सुखको घाम उदाएन उनको ।
     हाम्रो घर पनि बिक्री भयो म जान पनि छोडे पछि
 धेरैमा सुने  उनको छोरो पनि एक्सिडेन्ट् भएर मर्यो रे उनले पनि आत्म हत्या गरिन रे मैले गाउ छोडे
उनले सन्सार छोडिन  म स्तब्ध भए ।
यथार्थमा आधारित  कथा
विस्णु न्यौपाने हाल काठमाडौ  (  बनस्थलि )

Shankar Neupane

.

1 comment:

Instagram