त्यो अर्कि र ममा फर्कके पाएउ त्यो सङ रमाएको स्मरण छ मलाई
अश्लील चित्रहरु हजारौं नारी सङ छि तिमी नाङिएको स्मरण छ मलाई
`ए´ के गल्ती थियो र भन्न एकपटक त मलाई के पबित्र थिएन र?
पटकपटक आँसु धारामा नुहाइ वचनले म रेटिएको स्मरण छ मलाई
बाग्मतीको किनारमा जस्तै होइन जीउँदै चित्तामा जलिरहेको स्मरण छ मलाई
रजस्वलाको त्यो दर्दमा जुत्तासङ्को लातै लात स्मरण छ
मलाई
अहो! कस्तो कठोर हृदय तिम्रो त कतै दया जागेन र ?
आमा बन्ने सौभाग्य लुटेर जबर्जस्ती खुवाएको ट्याबलेट स्मरण छ मलाई
तिमिले हातको नशाहरु नै काटी रगतामय बनाइदिएको स्मरण छ मलाई
भोकभोकै बिताएका ती अनगिन्ती दिन र रातहरु स्मरण छ मलाई
उफ! कलिलो उमेरको फाइदालुटि पाएउ पबित्र कुमारित्व तोडेर के ?
खादाखादै गनाउने मोजा सुघाइ थालै मेरो उडाएको स्मरण छ मलाई
आधार नपाएर त्यो पापी सहर काठमाडौको गल्लीमा सडेको स्मरण छ मलाई
परस्त्री सङ लागि कुटाएउ अनि तिमी रमिता हेरेको स्मरण छ मलाई
हाय! माया लागेन होलाकी भनी चोरेको तिम्रो अनुहारको भाव खै?
भोकाएको बाघ जस्तो तिम्रो त्यो तीखो छुरीको प्रहार स्मरण छ मलाई
नपाई बाटो कुनै रुदै रुदै आत्महत्याको बाटो रोजेको स्मरण छ मलाई
हास्दै हेरि तिम्रो अनुहार ढोका थुनी झुन्डेको स्मरण छ
मलाई
'ओ' अचेत थिए पुर्णजन्म पाए परिवार समाजले छुटायो कसरी ?
तिमी जिवित हुदाहुदै पुछिएको सिन्दुर र खोसिएको पोते स्मरण छ मलाई ।

