तरबार ठुलै बोकेर आए कसैले।
पोशिलो नै छ पीडा दुखाए कसैले।।
चाह त थियो नि बस्ने संधै दिलमा।
गाजल नै बनायर बगाए कसैले।।
हट्यो त्यो जमाना दियो र टुकीको।
फुकेरबत्ती बिजुलीको निभाए कसैले।।
पुरानो कहावद छ जस्ताको तस्तै।
चोपेर केरा चियामा खाए कसैले।।
हल्ला छ बढेको खरानीको भाउको।
आफ्नै घरमा आगो लगाए कसैले।।
बाँकी छ सेखी अझै मेरो म संगै।
खोजेर लडाउन खोइ के पाए कसैले।।
छाम्दै नछामी कुदेको छ पछाडि ।
कानै छैन भन्दा नि पत्याए कसैले।।
गुमायौ तिमिले त्यो तिम्लाइ भो घाटा।
मलाई त आफ्नो बनाए कसैले।।
पोशिलो नै छ पीडा दुखाए कसैले।।
चाह त थियो नि बस्ने संधै दिलमा।
गाजल नै बनायर बगाए कसैले।।
हट्यो त्यो जमाना दियो र टुकीको।
फुकेरबत्ती बिजुलीको निभाए कसैले।।
पुरानो कहावद छ जस्ताको तस्तै।
चोपेर केरा चियामा खाए कसैले।।
हल्ला छ बढेको खरानीको भाउको।
आफ्नै घरमा आगो लगाए कसैले।।
बाँकी छ सेखी अझै मेरो म संगै।
खोजेर लडाउन खोइ के पाए कसैले।।
छाम्दै नछामी कुदेको छ पछाडि ।
कानै छैन भन्दा नि पत्याए कसैले।।
गुमायौ तिमिले त्यो तिम्लाइ भो घाटा।
मलाई त आफ्नो बनाए कसैले।।
