यशु सापकोटा फूलमति
मेरो काँचाे रचना
हाय! नेपाल आमा
कति दुखीरहेकी छौ होला
आज
कठै मेरो नेपाल ।
भ्रष्टाचार र आफ्नोपनले जरा गाडेर
समान व्यवहार बिर्सयो आमा
आफ्नो देश बचाउनको लागि चढाएको
ती सहिदको बलि बिर्सयो आमा
देश आज बेच्दैछन्
दलालीले मुल्य तोकिदै छ
तिम्रो माया ममताको आमा
जनता - जनता लडाउने काम गरिरहेको छ
ध्रुत सरकार जनहितमा काम हुन्छ भन्थ्यो
बिर्सयो आमा
बिडम्वना !
बिर्सयो आमा
तिम्रो छोराले खाएको त्यो सपथ
बिर्सयो आमा
पारिवारिक मोह ,
लालच सम्पत्ति भन्दा माथी उठछु भन्थ्यो
बिर्सयो आमा
कति दुखी रहेकी छौ होला
आज
कठै!
मेरो नेपाल
हेर्दै
सुन्दै छन मेरा इन्द्रियहरु
नेपाली अर्कैको भुमिमा रुदैरुदै मरे
आमा
अब आफ्नो नेपाली अस्तित्व नगुमोस
भन्दै यहि भुमिमा मरे
आमा
छाती पिटि पिटिकन रुदै हौली
आफ्नो छोराको वियोगान्त कथा सुन्दा
यो नेपाली माटोले सुख पाएन
विलाप गर्दै यहि माटोमा
मरे आमा
आत्थु !
मेरो आमा
जाडोमा कठाङरिदै
देशलाई बचाउ भन्दा मरे
आमा
यो नेपालले सुख पाएन
धिकार्दै अब मरे आमा
कति दुखिरहेकी छौ होला आज
कठै !
मेरो नेपाल
सतीहरु
जीउँदै पोलिए सरि मन पोल्छ कि भनी
फाँसीमा लट्काएका ती निर्दोष देश भक्तको आत्मा
भड्किन्छ कि भनी
डर लाग्यो
आमा शरीर काम्दै छ किन
यति बेस्सरी
फेरि तिमी माथी
अर्कैको प्रभुत्व जम्छ कि
भनी
सहिदले ठाडो पारिदिएको शिर
अडाउदै छु आमा ढल्छ कि भनी
उफ ! डर लाग्छ आमा
कतै सहिदहरुको रगतले धिकार्छ कि भनी
माग्छु आमा बरदान सहिदको आत्मा
म भित्र देउ भन्दै
कति दुखीरहेकी छौ होला
आज
कठै ! मेरो नेपाल