(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); असली माया मा हार हुँदैन। | VOICE OF YOUTH

असली माया मा हार हुँदैन।

असली माया मा हार हुदैन
फलामे ढोकाको छेक बार हुदैन,
देखावटी कहिल्यै प्यार हुँदैन
माया बिनाको सन्सार हुँदैन।।

रित्तो भकारिको धन्सार हुँदैन
सद्गुणी मा अहम्कार हुँदैन
लेनदेन मा कुनै उपकार हुँदैन
दुर्इ बिनाको घरवार हुँदैन।।

नमिलेको बस्तीको सहर हुदैन
नबगे कुनै नदी बगर हुदैन
नखुले क्षितिज प्रहर हुँदैन
धोका खाने कसैको रहर हुदैन।।

साचो मायामा कुनै छेक बार हुँदैन।।
 असली माया मा हार हुँदैन।।
लेेेखिका-विष्णु न्यौपाने 

Shankar Neupane

.

No comments:

Post a Comment

Instagram