(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); मनोबाद-बिछोड पछिको उत्पन्न तरङ।(यशु सापकोटा(फुल्मति) | VOICE OF YOUTH

मनोबाद-बिछोड पछिको उत्पन्न तरङ।(यशु सापकोटा(फुल्मति)

समय दिउँसोको 2 बजेको थियो मन निकै आतिएको थियो ........
विद्यालयमा थिए .....
उसको यादले कतै छोडेन मलाई ..
दिमागमा चुम्बक झैँ टासिन्छन हरेक यादहरु , जिउँदै भएपनि चितामा जलिरहेको आभाष हुन्थ्यो । साच्चै पागल हुन्थे अनि लाग्थ्यो बेस छ बरु पागल भनोस दुनियाँ तर कुनै यादहरु स्मरण त हुँदैन नि । किन म बाट मेरो खुशी लुटिन्छन । अफसोच, जुन चिजहरुबाट म भाग्न खोज्थे त्यो चिज मेरो पछि लाग्द्थ्यो अनि जुन चिजलाइ पाउन खोजे त्यो चिज कहिले पाइन । उ सङको हरेक पलहरु स्मरण छन । जब उसको अङालोमा आफ्नो सम्पुर्ण मानसिक बोझलाइ हटाउथे तब यति आनन्द लाग्थ्यो । उसको अङालोमा बाधिएर धेरै रुनु मन थ्यो अझै । खै , किन उ टाढा गयो । आखिर मैले के नै भनेकी थिए र ..........
अतीत , म त केबल जीवन को यात्रा  सङै गरु भनेको थिए तर तिमी किन मोडिएउ खै ? हुन त तिमी सङ मेरो स्तर मिल्दैन त्यही पनि म तिम्रो मायाको अन्धो भक्त भए , मैले तिमी सङ सधै एक चिम्टी सिन्धुर मागेकी थिए केबल एक चिम्टी सिन्धुर । हो , तिमी अरु कसैलाई प्रेम गर्छौ ठिक छ तर मेरो भावना सङ खेलेर के पाएउ । तिमी सङ सजाएका ती सपनाहरु आज जिउँदै जलिरहेका छन ।
(विधालयको टिङ टिङ घण्टी बज्यो । झसङ्ग झस्के ।)
हेरे गुरु अघि पडाउदै हुनुहुन्थ्यो । साथीहरु लेखिरहेका म पनि लेख्न थाले .......💕💕

Shankar Neupane

.

1 comment:

Instagram