जिन्दगी अनि यो मैदान
खेल्नेलाई चुनौती
अनि हेर्नेलाइ मनोरन्जन
जस्तै त होइन?
खेल्नेहरुले घाम भनेनन
बर्षात अनि पानी भनेनन ।
शरिरको दुखाइ
हारिएला कि भन्ने
एक तमासको चिन्ता
निश्चित बर्ष पुग्छन,
शरीर कमजोर र शिथिल बन्दै जान्छ
शक्ति क्षीण बन्दै जान्छ
त्यहा पर चौर सम्मको गन्तव्य
सिमित घेरा हुन थाल्छन
चिने जानेका र प्रशम्सक
पर पर हुन थाल्छन ।
शरीर मक्कदै जान्छ
मन भक्कानिन्छ
स्मृती धमिलिन थाल्छन
परिस्थितिहरु बल्झी रहन्छन
टेको र सहाराहरुको आशमा
उ बेलाको खेलाडीहरु
तड्पिरहन्छन,कल्पिरहन्छन
त्यसैले त जिन्दगी खेल जस्तै छ
कहिले कतै झेल जस्तै छ
कतै बेमेल छ अनि
कतै जालझेल छ ।
सुशीला शर्मा











