(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); अक्षर बिक्री हुन थाल्यो । | VOICE OF YOUTH

अक्षर बिक्री हुन थाल्यो ।

अक्षर बिक्री हुन थाल्यो ।
मेरो स्कुल दुब्लायो,३०० बाट ३०भय,
विद्यार्थीहरु,
अनी ,
मेरो देश बिदेसियो ।
साइली हरुको प्रसब पिडामा,
भयन अस्पताल पुराउने पाङ्राहरु,
पाइयन कोठा हरु ।स्वास्थ्य बिक्री भो ?
अनी मेरो देश बिदेसियो,
बाढी पहिरो आयो ,भात्किय गोरेटाहरु,
सडकहरु,पुरिय ताल हरु,नेटो काटे चरा हरु,
खोजेन कसैले सुधारन्,
अनी मेरो देश बिदेसियो ।
प्रमाण बन्दकी राखेर,
लहरै छ,बिदेसिनुको!

रुख ढ्लेको देख्नु पर्छ,
सुर्य अस्ताको देख्नु पर्छ,
निरमला हरुको बल्त्कार्ले छाती चिर्छ
दुब्लो दुब्लाउउदै गाको,मोटो मोटाउउदै गाको देख्नु पर्छ ?
के गर्नु ?
कालो चस्मा लगाइ फेसबूकमा फोटो राख्न मात्र पनि,
मेरो देश बिदेसियो ।
कमल ले कमल को फुल फुलाउछु भन्थ्यो ?
सिउडी काटिय । खेतला लगायो,जरा उखेल्न भनेन ?
आफु गर्‍आ को डिल्को कुर्ची मा बस्यो । कमल फुलेन ।
सिउडिनै फुल्यो,कुर्ची पनि बिक्री भो ।
अनी मेरो देश बिदेसियो

खै
कन्छाले पढ्यो रे धेरै,बेरोज्गार भो,
पैसा कमाउन,गरा बाजो छोडेर भय पनि,
पैसाको लोभमा,बिदेसियो,
सँगसँगइ मेरो देश बिदेसियो ।
मेरो देश बिदेसियो
[suddda suddi tapaiko jimma/ malaaiai auudaina]

Shankar Neupane

.

No comments:

Post a Comment

Instagram