(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); मार्क्सबादि धारणा (लेखक -आइ पि आचर्य) | VOICE OF YOUTH

मार्क्सबादि धारणा (लेखक -आइ पि आचर्य)

समाज विकासको नियम त्यो परिस्थिती बाट शुरुवात हुन्छ जुन समाजको अधिकतम रुपमा रुपान्तरण हुने प्रकृया अझ जटिल परिस्थिती को रुपमा समाज का पुराना घटक र तिनका अबयबहरु बिच एक आपसमा बिरोधाभाषपुर्ण स्थिती पैदा हुने स्थिती जुन ढंग बाट जन्मन्छ त्यही बाट नै सामाजिक राजनितिक चेतना को विकासको सुचक देखापर्न थाल्दछ।जुन समाजका सामाजीक राजनितिक उदभब का रुपमा पुरातन समाज र त्यसको संरचना रहन्छ त्यस समाजमा एकात्मक सोच र त्यसले जन्माएको निकृस्ट ब्यबहार र त्यस संग सम्वन्धित सोच को विकास हुन्छ जसलाइ सामन्तवाद भनेर स्विकारिन्छ।यसलाइ अझ सरल भाषामा भन्दा समान अवसर बाट राज्यले गर्ने बन्चित नै सामन्तवाद हो जुन पुरानो शासक वर्गले गरिरहन्छ।त्यसैको प्रादुर्भाब स्वरुप सामन्तवादमा जमिनदार र किसान बिच प्रधान अन्तरबिरोध रहि भुमी,पुंजी,श्रम,संगठन माथी पुंजिपतिको एकाधिकार बाटै समाज गुज्रिरहने हुंदा मानविय सोच आवस्यकता परिपुर्ती गर्ने शिलशिलामा १९ औ शताब्दिमा ब्यापक ढंग बाट जन्मिएको विचार र दर्शन नै मार्क्सवाद हो।यसलाइ श्रमजिबी वर्गको साथै किसानको मुक्तिको सिद्धान्त रुपमा चित्रित गरिन्छ जसको स्वरुप संसारका शक्तिशाली देश हरुले समेत यो सोच र प्रवृत्तिबाट अगाडी बढेर निरन्तरताको क्रमभंगता द्वन्द्व र संघर्ष नै पदार्थ वा सामाजिक सत्ताको विकास गराइ अगाडी बढ्छ जुन द्द्न्द्धात्मक भौतिकवाद को मुल विशेषता हो भने पुरानो ब्यबस्था निषेध नगरी नयां सत्ता जन्मदैन र यसैविचमा बिरोधिहरु बिचमा शशस्त्र संघर्ष र खास संघर्ष बाट नै वस्तु या नंया चिज को जन्म हुन्छ यो नै मुलरुपमा द्वन्द्धात्मक भौतिकवाद हो ।जहां दुइ वटा वर्ग विपरित ढंगबाट आफ्नो वर्गिय स्वार्थ पुर्तिको लागी मालिक र नोकरको बिचमा द्द्न्द भैरहन्छ त्यो नै वर्ग संघर्ष हो।जहां नोकरहरु आफ्नो मुक्तिको लागी सामाजिक राजनितिक आर्थिक लडाइ लडछ्न र आफ्नो मुक्तिको लागी वर्गिय अन्तर बिरोधी भएर आफ्नो अस्तित्व रक्षा को लागि वर्गिय मुक्ति प्राप्त गर्न को लागी शान्तिपुर्ण प्रगतिशिल र हिंशात्मक हुंदै वर्गिय मुक्ती को लडाइ गर्छन सारमा त्यो नै द्द्न्द्दात्मक भौतिकवाद हो ।यसै बिचबाट जन्मिएको दासी, भुमिहिन ,नोकर, मानविय समानता को समग्रमा श्रमजिवी वर्गको मुक्तिको सिद्धान्त नै सारांशमा मार्क्सवादको जननी वा अबधारणा हो भन्न सकिन्छ।।

Shankar Neupane

.

No comments:

Post a Comment

Instagram