(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); नेपालि राजनीतिमा मार्क्स बाद को दुरुपयोग (लेखक - आइ पि आचर्य) | VOICE OF YOUTH

नेपालि राजनीतिमा मार्क्स बाद को दुरुपयोग (लेखक - आइ पि आचर्य)

मुलभुत रुपमा 19 औ शताब्दी यताको अवस्थालाइ हेर्दा विस्व शक्ती केन्द्र को रुपमा शक्तिमान राष्ट्रहरुले खासगरी औद्योगिक विकासको उत्ककर्षमा पुग्नका लागी प्रतिस्पर्धा गरिरहे त्यसको प्रभाव अविकसित रास्ट्रहरुमा सामाजिक रुपान्तरणको प्रक्रियामा जोडिएर भुमण्डलिकृत भएर आयो ।फलस्वरूप उत्पादन को साधनहरुमा विकसित राष्ट्रहरुको हस्तक्षेप र त्यसको प्रभाव नेपालको राजनिती ब्यबस्थामा समेत झांगिएर आयो खासगरी नेपालमा कम्युनिस्ट पाटिको स्थापना र त्यसले नेपाली समाजलाइ पार्ने प्रभाब सापेक्षतामा वैज्ञानिक ढंगकै थियो आफुलाइ मार्क्सवादी र लेनिनवादी चिन्तन र त्यसको सामाजिक आर्थिक राजनितिक रुपान्तरणको लागी भौतिकवाद लाइ आधारभुत सिद्धान्त को जननी मार्क्सवाद हो यो नै मानवामुक्तिको अन्तिम विन्दु हो भन्ने पक्षमा वकालत गरेतापनि मार्क्सवादि     विज्ञान् को नियम आमुल परिवर्तन हो भन्ने पक्ष्यमा राजनितिक पाटिको रुपमा विगतमा रहेको नेकपा एमाले र त्यसले आत्मसाथ गरेको बहुदलिय जनवाद को आयाम यसले वर्गिय धरातल समेटेको देखिदैन सामाजिक चेतना भन्दा माथी उठेर वर्गिय धरातल मा टेक्न चाहेको देखियन यसको मुल प्रवृत्ती सत्ता संग टासिएर अस्तित्व रक्ष्याको लागी एतिहासिक भौतिकवादी मान्यता काल्पनिक मनोगत रुपमा यसले पुंजिवादी चरित्र नै निभाइरह्यो २०५२ सालमा शशस्त्र द्वन्द शुरुताका भौतिकवादी मानवजगत को मुक्ती पुंजिवाद को विकल्प सामन्तवाद्को विकल्प वस्तु या पदार्थ पहिलो क्रम भंगता माओ विचार र क्रान्ती श्रमजिबी बर्गको मुक्ती सर्वहाराको वैज्ञानिक दृश्टिकोण समाज रुपान्तरण को अन्तिम विन्दु साम्यवाद र मानव मुक्तिको मार्ग नै माओ धारा लाइ मुख्य रुपमा बदल्ने मुल कुरा हो भन्ने विचार लाइ आत्मसाथ गरि जनयुद्ध को जगबाट पुरानो राज्य ब्यबस्था फाल्न को लागि नेपालमा माओ विचार को ठुलो प्रभाब रह्यो नै अनततोगत्वा अर्धसामन्ती मुलुक को राजनितिक आर्थिक रुपान्तरण गुण को रुपान्तरण सर्वहारा वर्गको पथ प्रदर्शक मुक्तिको मार्ग दर्शक लाइ विचमै छोड्यो र पक्षिलो समयमा साम्राज्यवाद सामन्तवाद लाइ कागजी बाघ  ठान्ने माओ सिद्धान्त बाट अलगिए जस्तो देखिन्छ भने विपरित सिद्धान्त को एकत्व बाट ततकालिन एमाले र माओवादी विचारधाराको फ्युजन गराएर अगाडी  बढ्दा सामाजिक आर्थिक  रुपान्तरण हुंदै समाजवाद को लक्ष्य प्राप्ती हुन्छ भन्ने विषय ले ध्रुविकृत सिद्धान्त को एकताबाट  नेपाली समाजको मुक्ती हुन्छ या विचारधारा को एक अर्का बाट अपहरण हुन्छ या ठुलो माछाले सानो माछालाइ खान्छ भन्ने कुरा सैद्दान्तिक रुपमा विचलन उन्मुख नै देखिन्छ ।यसरी हेर्दा नेपाली समाज को उत्पादन माथिको बाह्य हस्तक्षेप प्रतिक्रियावादी संगको सांठगांठ ब्यक्तीगत हावीको लागी पुंजिवादी चरित्रको ब्यबस्था अबलम्बन गर्ने परिपाटी होड्बाजी नै देखिन्छ यसले आगामी दिनमा सैद्धान्तिक खतरा अझ बढी नेपाल कम्युनिस्ट राजनितिक दलमा छ। यसले गर्दा नेपालका राजनितिक शक्तीहरुले सिद्धान्त लाइ शक्ति होइन दुरुपयोग गरिरहन आफु अनुकुल बनाउने प्रवृती हाबी देखिन्छ ।।।

Shankar Neupane

.

No comments:

Post a Comment

Instagram