(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); लघुकथा छोरी ( लेखिका -सरिता न्यौपाने) | VOICE OF YOUTH

लघुकथा छोरी ( लेखिका -सरिता न्यौपाने)

आज सन्ते को परिवारमा रौनक छ।खुसिले सब गदगद छन।किन नहोस।पाच जनाको लगातार छोरी पछिको छोरो ।उसको परिवार को धोको को आगमन जो छ।
हुनत उसलाइ तल्लो जातको बिल्ला भिराइयको छ समाजले,तैपनि पण्डित बोलाउछ।पण्डित ले उसको घरै नपसि नाम जुराइदिन्छन बिर्ख बाहादुर।बिर्खे।
एक्लो छोरो माया ममताले पुल्पुलिदै जान्छ।उसले मागेको कुरा जति दुख भयनि पुराउदै गयो सन्तेले।
जेन तेन राम्रो स्कूल भर्ना गर्यो।एकदिन सुखका दिन आउछ भनि।यो बीच आर्थिक भार थाम्न नसकी हो की किन हो कुन्नि छोरी हरुको भने स्कूल जान छोडे।उसले नै छोरी लाइ पड्न रोक्यो।
पुल्पूलियको बिर्खे ,उदन्ड स्वभाब्,स्कूल मा राम्रो पढ्न सकेन।खराब संगत गाजा चरेस को कुलत मा फस्यो।चोरी डकैति पाकेट मार्ने उसको पेसा हुन थाल्यो।
एकदिन बिर्खे हरायो।निकै खोजे भेटियन।
5 बर्ष भो,छोरि हरुले कटिङ तालिम लिइ घरमै टेलरिङ गर्छ्न आम्द्दानि राम्रै छ।सन्ते का बुढाबुढि लाइ काम गर्न पर्दैन ।सन्तेे का सूखका िदन शुुुरुु भाेे।
एकदिन एक्कासि सन्ते को घर प्रहरी को प्रबेस हुनछ।छोरो कोखवर रहेछ।बिर्खे इन्तु ना चिन्तु भै हस्पिटल मा भर्ना छ रे।
एक छोरी र सन्ते हस्पिटल पुगे।बिर्खेको अन्तिम अबस्था।  बिस्तारर सन्तेेेे लेे आखाा खौलिि हात जोड्यो।अनि आ खा भरि आन्सु लिइ फेरि आन्खा चिम्ल्यो ।कहिलेइ    खोलेन।
यो दृस्य हेरिरहेको सन्ते पुलक्क छोरी तिर हेर्यो।
केही झस्केको जसरी छोरी तिर हेरी भन्यो।छोरी सन्तान त तिमी पो।अनि भक्कअनियर रुन थाल्यो।

Shankar Neupane

.

No comments:

Post a Comment

Instagram