रिक्साचालक केदारकाे बिचार!(लेखक - रिक्साचालककेदार)
गरिबि उन्मूलन गर्छु, जनताको गाँस बास र कपासको ब्यवस्था गर्छु, नागरिकको स्वास्थ्य शिक्षाको ग्यारेन्टी गर्छु , बेरोज़गारी हटाउँछु , रेल कुदाउँछु, जहाज चलाउँछु, चन्द्रमामा रकेटै छोड्छु, समग्रमा देशलाई सिंगापुर बनाईदिन्छु भन्दै गरिब जनताको भोट बटुलेर देशको टाउकोमा पुगेका केपी र प्रचण्डले आफ्नै देशमा जाबो एउटा राम्रो अस्पताल सुद्द बनाउन नसकेर उपचारका नाममा देशको करोडौं धनराशी फोकटमा स्वाहा पार्दै महिनै पिच्छे बिदेश छिर्ने अनि गरिब जनताहरु रोग, भोक , अभाव र गरिबीले तड्पिएर मर्नु पर्ने यो कस्तो बिडम्बना हो मेरो देशको? आज उपचार गर्ने पैसा नभएर जीवन मरणको दोसाँधमा उँभिएका हजारौं बिरामीहरु बाँच्ने झिनो आशा लिएर हामीलाई म्यासेज गर्छन् बचाईदिनुस् भन्दै! कहिलेसम्म हामीले अभियान चलाएर बचाउँदै हिँड्नु ? बिरामी बचाउन अभियान, अस्पताल बनाउन अभियान, भुकम्प पीडितका घर उँभ्याउन अभियान, रंगशाला बनाउन अभियान,प्राकृतिक बिपतिमा अभियान,बिदेशमा फसेका , दलालबाट लुटिएका , सडकमा अलपत्र परेर बेसाहारा भएका यी सबका सब देशभित्रका दुखहरुका अभियान सामाजिक अभियन्ताले चलाईरहने अनि देशका शोषकहरु भने हाम्रै पसिनाको करबाट उठेको तलब भत्ता हसुसेर देश लुट्दै आफ्ना सातपुस्ते वारेसहरुले समेत बसिबसि खान पुग्ने सम्पति जोडेर मोजमस्तीमा रमाउने?
आजभोलि त फेशबुक खोल्यो कि लगातार अभियान मात्रै देख्छु! मैले पनि आजसम्ममा जम्मा ३ वटा अभियान चलाएँ तर यो महसुस भएको छ कि जति अभियान चलायो, त्यति बिरामी बढ्दै गए, समस्या झन् झन् बिकराल हुँदै गए। त्यसमाथी पनि सामाजिक अभियन्ताहरुको नै आपसमा लडाईँ , हानथाप,आरोप प्रत्यारोप ! पैसा उठाएर हिरो पल्टिने भन्ने भेडाहरुको अर्को ठूलो जमात,,! लगातार अभियान चलाएर रकम पारदर्शी नगर्ने र यसैबाट नाफा खोज्ने नक्कली समाजसेवीहरुको कुरुप अनुहार अनि यस्तै परिस्थितिबाट फाईदा उठाएर समाजमा लामो समयदेखि निरन्तर खटेर आफ्नो समय खर्चेर पीडितको सेवामा लागेका सच्चा समाजसेवीलाई बिबादित बनाउने चक्रब्युहले गर्दा समाजसेवा पनि बिबादित र दुर्गन्धित भैसक्यो! अब चन्दा उठाएर समाजसेवा गर्ने काम बन्द गरौं।यी गरिब जनताको सारा औषधी उपचारको जिम्मा सरकारले लिनु पर्छ, स्कुल भवन, रंगशाला, अस्पताल यी सब कुराको जिम्मा सरकारका भुस्तिघ्रे डनहरुले लिनु पर्छ! बिरामी कुन जिल्लाको हो त्यहाँको स्थानिय सरकारले उस्को आर्थिक अवस्था हेरी सम्पुर्ण औषधीमुलोको जिम्मा लिनुपर्छ, बन्दै गरेको धुर्मुसको रंगशालाको लागि २ अरब केपी र प्रचण्डले छुट्याउँनु पर्छ! सामाजिक अभियन्ताहरुले अब आफूले अभियान हैन आवाज उठाऔँ।सरकारलाई दबाब डालौं। यत्रा केन्द्रीय, प्रदेश र स्थानीय गरि तीनटाउके सरकारको गठन गरेको आफू मन्त्री भएर देश चिथोर्न मात्रै हो कि जनताको सेवा गर्न पनि हो ?
यदि सरकारका हनुमानहरुले नागरिकको स्वास्थ्य शिक्षाको ग्यारेन्टी लिँदैनन् र आफूमात्र चिल्ला गाला हल्लाउँदै पटक पटक देश दोहन गरेर आधा संसार घुम्छन् भने यिनीहरुलाई सेनाको सहयोगमा जनताले नज़रबन्द गरी जेल कोच्नु पर्छ, यिनीहरुको सब सम्पति जफत गरि राष्ट्रीय कोषमा जम्मा गर्नु पर्छ, यिनीहरुले चढ्ने भिआइपी गाडी बेचेर देशमा स्कुल बनाउनु पर्छ , कम्पनी हरु निर्माण गर्नु पर्छ। बेरोजगार युवाहरुलाई रक्सी र पाडाको साँप्रो खुवाएर पार्टीको झण्डा बोकाउने हैन रोजगारीका अवसरहरु प्रदान गर्नु पर्छ। देशको स्थिति राम्रो बनाउन बिदेश पढ्न गएका दक्ष नेपाली नागरिक हरुलाई देश फिर्ता बोलाएर उनीहरुको दक्षता, क्षमता र सीपलाई देशको निम्ति लगाउन आव्हान गर्नु पर्छ। प्रहरी प्रशासन र कानुनलाई राजनैतिक हस्तक्षेपबाट बाहिर राख्नुपर्छ। छोरीचेलीको सुरक्षाको लागि गाउँ गाउँ टोल टोल दिन र रात गरि सिफ्ट मिलाएर गस्ती प्रहरीहरु खटाउनु पर्छ! प्रहरीको काम चौकीमा बसेर बर्दी भिरेर दिनभरि कुर्सीमा निदाउने मात्र हैन देशको सेवामा खटिनु पनि हो।यी नालायक कमिना नेताहरुको भन्दा बरु आर्मी पुलिसको तलब बढाउनु पर्छ र रास्ट्रप्रति बफादार , बर्दिप्रति इमानदार बनाउनु पर्छ। यदि मेरो कुरामा सहमत हुनुहुन्छ भने आउनुहोस् हामी जनसरकार गठन गरौं। म भोलि नै नेपाल फर्कने छु। मसँग त्यति धेरै खुबी र दक्षता नभए पनि यदि गृह मन्त्रालयमा एउटा चिया पकाउने पियनको जिम्मेवारी पाए भने पनि दश दिनमा दश भ्रस्टचारीहरुलाई कठालामा समातेर सडकमा बजारिदिन सक्ने क्षमता चाहि राख्छु। के छ बिचार ??
#म_बोल्छु🇳🇵🇳🇵🇳🇵

Shankar Neupane
.
Followers
Popular Posts
-
कथा ,पुतली सर्किनी कान्लामाथी ओरालोमा सानो घुमाउरो घर थियो सम्पतिको नाममा। त्यही पनि आफ्नो नाममा नभा ओइलानि । उनका पाच छोरी दुई छोराको...
-
असली माया मा हार हुदैन फलामे ढोकाको छेक बार हुदैन, देखावटी कहिल्यै प्यार हुँदैन माया बिनाको सन्सार हुँदैन।। रित्तो भकारिको धन्सार हुँ...
-
यो गाँउ को समाज ठीक छैन। मेरो सम्झनाको मानसपटल्मा केही घट्नाहरु,दौडिरहन्छन ति घट्नाहरु लाइ यी हरफ हरुमा बेक्त नगरिरहन सकिन। हुनत स...
-
⁃ छिटो बिबाह बन्धन मा बधिनु पनि नारी लाई गहन कुरा र काम हो,आफ्नो इछ्या ,आकान्छ्या पुरा गर्ने बेलामा अरुको घर सित जोडिएका ब्यक्त्ति हरु...
-
कसैलाइ बलेको दियो त कसैलाइ निभेको दियो जिबन तँ कसैलाइ सुकेको पात जिबन कसैलाइ आन्सु त कसैलाइ हासो जिबन कसैलाइ धुलो त कसैलाइ चुलो ज...
-
पर सरेको, अपबित्र भएको,पनछियेको,छुइ भएको,, जस्ता शब्द ले बुजीने गरिएको छ, महिनाबारी लाई ! महिनाबारी हुदा महिला लाई बिभिन्न किसिम का सम...
-
सुन्दरता मेटिएको फोहोर बाग्मती भएको छ देश एकता मेटिएर फेरि खण्ड खण्ड भएको छ देश सहिदको रगतले मुछिएको माटो अनि मेरो देश स्वार्थ र भेदभाव...
-
समय दिउँसोको 2 बजेको थियो मन निकै आतिएको थियो ........ विद्यालयमा थिए ..... उसको यादले कतै छोडेन मलाई .. दिमागमा चुम्बक झैँ टासिन्छन हर...
-
माया भन्ने शब्द बोल्न जति साजिलो छ,निभाउन् तेति नै गाहृो छ|कुन कुराले खुसी मिल्छ र कुन कुराले दुःखी बानाँछ भन्ने कुरा बुज्दा बुजदै जिन्दगी...
Facebook Page
Powered by Blogger.
WELCOME TO YUWA KO AAWAJ
Wikipedia
Search results
Recent
जिन्दगी र खेल
जिन्दगी अनि यो मैदान खेल्नेलाई चुनौती अनि हेर्नेलाइ मनोरन्जन जस्तै त होइन? खेल्नेहरुले घाम भनेनन बर्षात अनि पानी भनेनन । शरिरको दुखाइ हार...
Social Counter
Search This Blog
Video of the day
Subscribe For Free E-book
Comments
Label
Recent
Social Counter
Contact Us
Followers
Welcome To LybBook
You can use this area to describe the Books and your blog. . This responsive template is ideal for posting many types of digital products such as e-books, audio CDs, DVDs, paintings, photographs or any form of digital art or products.

No comments:
Post a Comment