(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); मेरो काचो रचना (लेखिका यशु सापकोटा / फुल्मति) | VOICE OF YOUTH

मेरो काचो रचना (लेखिका यशु सापकोटा / फुल्मति)

सभ्य र समृद्ध समाजको लागि चाहिन्छ शान्ति
देशलाई अगाडी बढाउनको लागी चाहिन्छ शान्ति

विश्व आक्रान्त छ्,मानवता धरसायि छ
अशान्तिको लक्ष्यण को प्रारुप को
आभास देखिन थालेको छ
बाँच र बाँच्न देउ भन्ने
भावको लागि चाहिन्छ शान्ति


समाज , राष्ट्र र विश्वमै होडबाजि मचिरहेको छ
स्वार्थ र घृर्णित राजनितिको तछाड मछाडमा
मेरी आमा रोयकी छन
मेरो सन्सार रोयको छ्,
कुरूप बनाउ खोज्ने हरु सलबलायका छन्,
हाम्रै भलाइको लागी
चाहियको छ शान्ति

बचाउन मेरो सन्सार
बचाउन मेरो धर्ती
बचाउन मेरो गोलार्ध अनि
बचाउन मेरो आकश
त्यसको लागी अनि
खुसि र सुखी अनुभूति को लागी
चाहियको छ शान्ति
चाहियको छ शान्ति।

Shankar Neupane

.

No comments:

Post a Comment

Instagram