(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); कथा -अन्तर जातिय प्रेम [लेखिका यशु सापकाेटा {फूलमति}] | VOICE OF YOUTH

कथा -अन्तर जातिय प्रेम [लेखिका यशु सापकाेटा {फूलमति}]


उ अनि म एकअर्को लाई निकै चाहन्थेउ । जातीय विभेदको कारण परिवार र समाजले हाम्रो प्रेम स्विकार गरेन । मेरो हृदयमा चुम्बक टासिए जस्तै उसका यादहरु टासिएका थिए । उ बिनाका कुनैपनि पल काट्न हम्मे हम्मे परेको थ्यो । सङै खेलको त्यो चौर हो त्यही चौरमा सब गाउले साचि राखेर उ सङै घुम्न मन थ्यो सात फेरा। सानोमा खेल्ने बेहुला बेहुलीको खेल अहिले खेल्न मन थ्यो वास्तविक जीवनमा । सानो हुँदा मेरो बेहुला भन्दै हिड्ने म अहिले दिन मनथ्यो त्यही परिचय तर अफसोच हामी बिच दिवार बनेर खडा भयो जातिय विभेद ।भागेर कतै टाढा जाउ भनेपनि पहुँचमा थिए सब आफ्न्त । आफ्नै बाबा पुलिस तु खोजीहाल्छन । अनि उसलाई भेटे भने साच्चै म बिहे नहुदै विधुवा बन्न बाध्य हुन्छु। कुनै विकल्प भेटेकी थिइन । बिहेको दिन नजिकै थियो । उता उसले बिहेको कुरा थाहा पाएर आत्महत्याको निर्णय गरेर बिष सेवन गरेछ । मलाई सिङारले सजाउदै थिए त्यो सुन्दा बितिकै म दौडिदै उसको साथीकोमा गए। उसले मेरो प्रेम सम्म लगिदियो । उसलाई अन्तिम अवस्थामा देखेर म आफुलाइ समहाल्न सकिन । बेहुली हुँदा झनै राम्री भन्दै सुमसुमायो । म तिम्रै बेहुली हो तर मलाई छोडेर नजाउ भन्दै उसको छातिमा टाउको राखेर रोए । उसले आडैमा भाको चक्कु निकाल्यो अनि आफ्नो हात काटेर रगतको सिंदुर ले सिउदो भरिदियो । म उसकी भए तर सदाको लागि होईन एकछिनको लागि । उ मलाई छोडेर अन्तिम बिदाइको हात हल्लाउँदै मुस्कुरायो । म भक्कनिदै उसको छातीमा लुटुपुटु गर्दै सदाको लागि निदाए ।

Shankar Neupane

.

No comments:

Post a Comment

Instagram