(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); त्यो खोल मन परेन (लेखिका -किरण सापकाेटा{साया}) | VOICE OF YOUTH

त्यो खोल मन परेन (लेखिका -किरण सापकाेटा{साया})

देशले ओडेको देखावटी शान्तिको त्यो खोल मन परेन
हिम्सा र अत्याचारको पक्षमा बोल्ने गितको बोल मन परेन
गरिबहरु एकछाक खान र एक घुट्को पानी नपाउदा
धनाडय र अमिरले खाने त्यो झोल मनपरेन
आधा आकाश ढाकेका ती सृष्टिकर्तालाइ अत्याचारमा पारी
पशुलाई जस्तै गरि बेचेको त्यो मोल मन परेन
देश र पबित्र राजनीतिलाई फोहोर खेल बनाएर
खेलाडी र निर्णायक आफै बनी जितेको त्यो गोल मनपरेन
आफ्नै आमालाई अत्याचारमा पारि बेच्दा
विवाहमा अन्माउदा बजाएको त्यो ढोल मनपरेन
एकसरो लगाउने ती गरिबहरु र दिनहुँ कपडा फेर्ने अमिरहरु
अर्कालाई नङाएर आफ्नो शरीर ढाकेको त्यो खोल मनपरेन
मिठा कुरा र चाप्लुसी गर्ने असत्तीहरु
एउटालाई झारेर अर्कोलाई उठाउन लगाउने नौट्न्कीको त्यो पोल मनपरेन ।

Shankar Neupane

.

No comments:

Post a Comment

Instagram