पसिनाले साटिएको जिवन गाथा भरिएर
दुइ छाक खाना लगाउनलाइ ज्याला गर्छौ छरिएर
माटो संग गासिएको जिबन कहिले फेरिएन
अहंकारी मालिकवाट कहिले पनि हेरिएन
संकटको भुमरिमा पानी सम्म खानु छैन
श्रम गर्ने कामदारलाइ झुपडीमा जानु छैन
फुटेका यि पाइतालाले हिंड्दै छौनी मध्यरातमा
मजदुर र निमुखा को हुने रहिन्छ कोहि साथमा
पसिनाको यो जिवन दुख मात्र भोग्नु पर्ने
मजदुरका नेता पनि शोषक तिरै सर्नु पर्ने
मजदुरहरु बांचेका छौ छाती सधै फुल्याएर
शासकहरु बांचेका छ्न कालो धन कुमल्याएर
शासक हरु फर्की नआउन मजदुर बस्ने गरिब गाउंमा
यति पत्र कोरेको छु शासक हो तिम्रो नाउमा।

No comments:
Post a Comment