(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); गजल (लेखक -गोकुल रेग्मि) | VOICE OF YOUTH

गजल (लेखक -गोकुल रेग्मि)

तरबार  ठुलै  बोकेर  आए  कसैले।
पोशिलो नै छ पीडा दुखाए कसैले।।
चाह त थियो नि बस्ने संधै दिलमा।
गाजल नै बनायर  बगाए  कसैले।।
हट्यो त्यो जमाना दियो र टुकीको।
फुकेरबत्ती बिजुलीको निभाए कसैले।।
पुरानो  कहावद  छ  जस्ताको तस्तै।
चोपेर  केरा  चियामा  खाए  कसैले।।
हल्ला छ बढेको खरानीको भाउको।
आफ्नै घरमा आगो लगाए कसैले।।
बाँकी  छ  सेखी अझै  मेरो म संगै।
खोजेर लडाउन खोइ के पाए कसैले।।
छाम्दै  नछामी  कुदेको छ पछाडि ।
कानै छैन भन्दा नि पत्याए  कसैले।।
गुमायौ तिमिले त्यो तिम्लाइ भो घाटा।
मलाई त  आफ्नो  बनाए  कसैले।।

Shankar Neupane

.

1 comment:

Instagram