(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); माहामारी र सामाजिक चुनौती को अवस्था ( लेखक- आइ पि आचार्य) | VOICE OF YOUTH

माहामारी र सामाजिक चुनौती को अवस्था ( लेखक- आइ पि आचार्य)

करिव साढे तिन महिना अघि चिनको  वुहान बाट फैलिएको कोभिड 19 ले विस्व जगत नै चुनौतिपुर्ण भयाबह को सामना गरिरहेको छ ।यसले खासगरी सामाजिक मनोविज्ञान लाइ अझ बढी आक्रान्त बनाएको छ।विस्वमा देखा  परेका महामारियुक्त परिघटनालाइ हेर्दा बिगतको इतिहासमा विभिन्न देशले यसको असर झेल्नु पर्यो भने अझ बढी रुपमा मानिसको सभ्यता र संस्कारलाइ समेत नराम्रो संग प्रहार गरिरह्यो ।विस्व जगत ले यसको मुक्ती पाउन करोडौं मानिस को ज्यान गुमाउनु पर्यो त्यो कहाली लाग्दो इतिहासलाइ फर्केर सम्झिदा इटाली र लण्डन बाट फैलिएका ब्ल्याक डेथ ,प्लेग जस्ता महामारी को इतिहास विस्वजगतमा चर्चामा छ।यति हुंदा हुंदै पनि मानविय सभ्यताको जगलाइ सोहि अवस्था बाट गुज्रीन नदिनको लागी महामारी बाट समाज भयबित भयो नै यो भन्दा अझ बढी मानिसको चेतना संग गासिएको जिबन मा क्षतविक्षत बनायो।यसमा मुख्य जिम्मेबार पक्ष राज्यको नेतृत्व तहमा रहंदा सम्म ज्ञान बिबेक र आदर्स सामाजिक मुल्यमान्यता लाइ बिर्सेर अगाडी बढेको देखिन्छ।यस्तो प्रवृतिले विकासोन्मुख देशका मानिसहरुमा अझ बढी असर पार्नु स्वभाबिक छदै छ भने जिबन को आर्थिक संकट उत्पादन क्षमतामा ह्रास देखा पर्नु ले समेत यसको असर सामाजिक रुपमा बढि भएको पाउन सकिन्छ।गरिब र अति बिपन्न देशले महामारी को अन्त्य को दिन कुरेर बस्नु पर्ने अबस्थाले आत्मबल र मानविय क्षमता मा ह्रास आउनुले समाजले थुप्रै समस्याका भारिहरु बोक्नु परेको छ।ब्ल्याक डेथ ,प्लेग जस्ता महामारी भोगेको मानविय जगत ले सामाजिक अस्तित्व बाट नयाँ पिंढिले सिक्नु पर्ने नया पाठ के सिकेर अगाडी बढ्यो भने पनि मुख्य विषय हुन सक्छ।आज सम्मको भौतिक विज्ञ।न लाइ जुन ढंग बाट अगाढी बढेर हिडेको समाज ४०० देखी ७०० वर्षको इतिहासमा फर्किदा मानविय अस्तित्व नै मेटिने गरि भयबित हुनु पर्ने अवस्थाले सामाजिक चेतनाको स्तर लाइ गिज्याइरहेको छ।सामाजिक प्राणिको उच्चतम प्राणिको रुपमा रहेको मानिसको जिवन बांच्न को लागी विज्ञानलाइ समेत चुनौती दिने अवस्था हुनु ले महामारी बाट उम्किनको लागी सामाजिक र प्राकृतिक उत्तरदायित्व लाइ समेत ख्याल गरि यस्ता भयवित अबस्थाबाट जोगिन सबै राज्यहरुले नयां पिंढिलाइ सो समबन्धमा खोज अनुसन्धान र छ्लफल को विषय अन्य अवस्थामा समेत गरिराख्नु पर्दछ यसबाट नै महामारी र सामाजिक चुनौती बाट बच्न सकिन्छ।

Shankar Neupane

.

No comments:

Post a Comment

Instagram