(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); सामाजिक न्याय सहित को समाजबाद( लेखक- आइ पि आचार्य) | VOICE OF YOUTH

सामाजिक न्याय सहित को समाजबाद( लेखक- आइ पि आचार्य)

जतिवेला मानविय सभ्यताको विकासले सामाजिक रुपान्तरण को लागी संघर्षरत थियो त्यतिबेला देखी नै वर्तमानको समाज आदिम युग जहां मानिसहरूले जंगली सभ्यता को रुपमा गुफा र ओढारहरुमा जिवन ब्यतीत गर्दै अगाढी बढेको थियो।त्यही अवस्था देखी नै मुलरुपमा बलिया मानिसहरुले समुहको नेतृत्व गर्ने  गरि संघर्ष को रुपान्तरण बाटै दास युगिन अवस्थामा समाजको रुपान्तरण भयो।यस संगै मानविय धरातलहरु समुहमा बिभाजन भै समुहको नाइके रहने र भुगोल लाइ कब्जा गरि आफ्नो नियन्त्रण मा राख्ने र सोहि क्षेत्रमा बलियाहरुले कमजोर माथी आधिपत्य जमाउने ब्यबस्था सयौ वर्ष सम्म टिक्यो भने निरन्तर संघर्षबाटै सामन्तीयुगको चरणमा समाज प्रवेश गर्यो ।यस संगै मानविय  पहिचान भु स्वामित्वको एकाधिकार रङगभेदि ब्यबहार को विकास भयो नकि तत्कालिन समयमा कालो गोरो विचको बिभेद त रह्यो नै तर ऐले रहेको जस्तो जातिय बिभेद थिएन त्यतिबेला र मुल रुपमा मानविय विभेद संस्कारको रुपमा रहि रह्यो त्यसको असर ऐले सम्म को समाजले भोग्दै छ।सामाजिक अवसर बाट बन्चित गर्ने सबै कुराहरुको जिवित उदाहरण ऐले पनि कायम नै छ।यसले अझबढी रुपमा समाजलाइ जटिलता तर्फ धकेल्दै सभ्यताहिन समाजको चित्रण सयौ वर्ष गराइरहयो यसैको फल स्वरुप साना साना टुक्रा टुक्रामा बांढिएका शक्ति आर्जन गरेका भुगोल हरु नै पछि राज्य राज्यमा रुपान्तरण भए। राज्य भित्र रहेका असामाजिक तत्व जिवित रहंदै कठोर संघर्ष बाटै सामन्ती राज्य ब्यबस्थाहरु हट्दै समाज अगाडी बढ्यो ।सामन्ती युगको अन्त्य संगै वर्तमानमा भैरहेको  वर्तमानको अवस्था हो पुंजिवाद यसले खासगरी भविष्यको लागी अधिक मात्रामा आर्थिक उत्पादन बढाइ आफुलाइ मजवुत बनाउन र त्यसको असर सामाजिक राजनितिक आर्थिक पक्षमा उत्पादन लाइ बढाइ निजि स्वामित्वमा राख्ने आफुले चाहेको बखत परिचालित गरि नाफा कमाउने र आफुलाइ सामाजिक रुपमा अधिकार जमाउने व्यवस्था नै पुंजिवादी व्यवस्था हो।जुन पुंजिवादी दर्शन बाट गाइडेड भएर अगाडी बढिरहेको छ भने विस्वभरी नै यसैको अभ्यास भैरहेको छ।हरेक परिघटना बाट सामाजिक उत्तरदायित्व नहुने सामुहिक कल्याण नहुने भएको ले अझ भनौ ऐले नेपालमा भैरहेको महामारिबाट निजि अस्पताल बेखबर रहनु लाइ यसको उदाहरण लिन सकिन्छ । किनकि ति नाफा कमाउने उद्देश्य बाटै प्रेरित भएका र सामाजिक कल्याण सामुहिक हित बाट टाढा रहेका छ्न भन्ने स्पष्ट  बुझ्न सकिन्छ।पुंजिवादमा धेरै संख्याका मजदुर लाइ थोरै संख्याका मालिक ले नियन्त्रण गरि आफुलाइ आर्थिक  सामाजिक उत्पादन संग जोडदै आफुलाइ समाज नियन्त्रण गर्न सक्ने हैसियत राख्ने गरि नाफामा मात्र ध्यान दिनु सामुहिक हित प्रती ध्यान नजाने ब्यबस्था आज पनि संसारभर लागु नै छ।यहि अवस्थाबाट गुज्रेको समाजले समाजमा रहेका बिभिन्न जातजाती ,भाषा,धर्म ,क्षेत्र ,वर्गको कसरी सम्बोधन गर्न सक्छ भन्ने नै यक्ष प्रश्न हो।तसर्थ हामिले यस पुंजिवादी ब्यबस्थाबाट मुक्तिपाउनको लागी यस संग प्रत्यक्ष जोडिएका कलकारखाना ,उध्योगधन्दा ,निजि बिधालय,स्वास्थ्य संस्थाले पनि प्रत्यक्ष रुपमा राज्यको व्यवस्था माथी नै पहुंच राख्ने सामाजिक आर्थिक राजनितिक नियन्त्रण समेत मुठ्ठिभर बनाउने हुंदा सामाजिक न्याय होला त भन्ने गम्भिर प्रश्न हो ।तसर्थ वर्तमानको अवस्था भनेको सामाजिक न्याय सहितको समाजवाद नै विकल्प हो भन्न सकिन्छ।समाजको जुन संरचना छ त्यो नै विभेद्पुर्ण छ यहां सामाजिक ,आर्थिक ,राजनितिक अवसर सबै मुठ्ठीभर रहेको हुंदा नै सबै वर्ग ,लिङग,क्षेत्र समुदायको पहुचमा पुर्याउन अवसर सृजना गर्नु नै सामाजिक न्याय हुन सक्छ।सन 1860 ताका बहुत चर्चामा रहेको आदर्श  सैद्धान्तिक दर्शनको रुपमा समाजवाद थियो यस व्यबस्थालाइ अझ बढी मात्रामा ग्रहण गर्न को लागी अत्यबश्यक छ नै किनकी यो व्यवस्थामा पुंजिवादमा जस्तो मानिलिउ एउटा उध्योगले एक करोड नाफा कमायो 100 जना कामदार छ्न भने त्यहां 100 जना कामदारले 20 लाख पाउला बांकी मालिकले राख्छ भने ठिक त्यसको उल्टो अर्थात समाजवादमा जति जना कामदार छ्न सबले त्यो एक करोड को बराबरी हकदार हुन्छ्न।अझ भनौ उत्पादन का साधन माथी राज्यको नियन्त्रण रहने समान अवसर को वितरण हुने सामाजिक उत्तरदायित्व बहन हुने भएकोले समाजवाद को अभ्यास हुन जरुरी छ भनिएको हो ।यो मुल रुपमा स्थापित हुनका लागी राज्यको नेतृत्व मा समाजवाद विचार धारा र त्यसको ब्यबहारको कृयान्वयन हुनु नै मुल पक्ष हो।तसर्थ वर्गविहिन समाज सम्पति मा समाजको साझा स्वामित्व  समेत अभ्यास यहि चरणमा हुने र सबै वर्ग ,लिङग, भाषा ,धर्म  ,क्षेत्रको न्याय नै समाजवाद नै प्रमुख विकल्प भएको हुंदा सामाजिक न्याय सहित को समाजवाद वर्तमानमा आवस्यक छ भन्न सकिन्छ।

Shankar Neupane

.

No comments:

Post a Comment

Instagram