(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); पुंजिबाद भित्र मानविय पहिचान को संकट (लेखक -आइ पि आचार्य) | VOICE OF YOUTH

पुंजिबाद भित्र मानविय पहिचान को संकट (लेखक -आइ पि आचार्य)

मानविय जगत आधुनिक सभ्यतामा प्रवेश गरे संगै पुर्वी र पस्चिमी सभ्यता बाट मानव जिवनको सामाजिक स्तरिकरण को शुरुवात भयो। साथै गांउ र नगरिय सभ्यतालाइ विभिन्न चरण मा सामाजिक उत्तरदायित्व ,सामाजिक पहिचान संस्कार लगायतका सामाजिक संरचना समाज विकासको आधार स्तम्भ नै रहि रह्यो।मानिसको आधुनिक सभ्यता को उदविकास रहेको आदिम ,दास सामन्तीयुगिन अवस्था बाट मानिसको पुरातन अवस्था बाट अघि बढेर पुंजिवादी चरणमा सम्म आइपुग्दा निकै जटिल संघर्ष कै रुपबाट रुपान्तरण भएको समाज वर्तमान को समाज हो।जतिबेला मानिसमा निजि सम्पतिको लोभ को उदय संगै उसका चाहना ले उत्पादनका साधन बिचमा घनिष्टता राख्दै अगाडी बढेको पाइन्छ।जब सामाजिक संरचना हरु ग्रामीण नगरिय सभ्यता हुंदै राज्यको विकास हुन पुग्यो सो पश्चात मानिसको सभ्यता र संस्कार पनि एक पछि अर्को हुंदै निजि सम्पती र भुगोल माथिको अधिकार लगायत बाट मानविय सामाजिक स्तरिकरण ले विभिन्न कालखण्डमा राज्यको विकासलाइ टेवा पुराइरह्यो ।यसरी राज्यको तिव्र गतिमा भएको विकास ले मानिसको पहिचानलाइ जोड्न को लागी उसको निजि स्वामित्व सहित को अधिकार लाइ स्थापित गरेसंगै सामाजिक विकासको गति निव्र गतिमा अघि बढ्यो मानिस र राज्यको अधिकार को अवस्था संगै प्राकृतिक अबयब लाइ संगै लैजान नसकेको देखिन्छ सो पस्चात समानान्तर विकास ले सापेक्षतामा काम गर्न सकेन सो स्वरुप विभिन्न शक्तिशाली र कमजोर राज्यको अबस्था रहिरह्यो सो पस्चात शक्तिशाली राज्यले कमजोर राज्य माथी उपनिवेश लाद्ने प्रवृती हाबी हुंदै गयो र सबैखाले शक्ती केन्द्र निर्माण को लागी आणविक भट्टि को उदय भै नै रह्यो  प्राकृतिक अबयब को बिरुद्द मा शक्तिशाली पुंजिवादी समपन्न मुलुक लागी नै रहे प्राकृतिक  पदार्थ माथिको अस्तित्व झन झन कमजोर बन्दै गए संगै औद्योगिक समाजले राज्यहरु बिच सधै तिक्तता प्रदान गर्यो भने अझ बढी पुंजिवादी मुलुक ले आफ्नो एकाधिकार लाइ जमाउन हर पर्यत्न गरिरह्यो ।अझ बढि रुपमा पुंजिवादी मुलुकले विज्ञान् ले आबिष्कार गरेका हरेक पदार्थ को दुरुपयोग गरे फलस्वरुप प्रथम र द्धितिय विस्व युद्द समेत विस्व समुदाय ले भोग्नु पर्यो अझ भनौ मानबिय पहिचान को संकट सभ्यता अस्तित्व लाइ मेट्ने मुख्य काममा पुंजिवादी मुलुक ले प्रयोग गरेको वैज्ञानिक रसायन नै हो र यिनिहरु नै खासमा सामाजिक अस्तित्व मेट्न उद्द्त छ्न भन्ने कुरा सजिलै अन्दाज गर्न सकिन्छ। भने प्राकृतिक अबस्थामा रहेका सबै खाले अबयबको दुरुपयोगमा तल्लिन मानबिय आचरणले  गर्दा बिभिन्न खालका महामारी ले पट्क पट्क लाखौ मानिस को ज्यान लिएको छ भने वर्तमान को अबस्थामा समेत मानविय जटिलतालाइ महामारी को रुपमा फैलिएको कोरोना भाइरस ले आक्रान्त विस्व जगतमा सबै भन्दा खतरा त अन्य मुलुकलाइ पुंजिवादी ब्यबस्थाका राज्य हरु बाट नै छ भन्ने स्पष्ट छ भने विज्ञान लाइ समेत चुनौती दिनु र पुंजिवादी मुलुकले सम्म रोकथाम गर्न नसक्नु ले शक्तिशाली राज्यको समपनन्ता मानविय विनास को लागी रासायनिक हतियार मा मात्र ध्यान गएको भन्ने देखिन्छ।तसर्थ प्रकृतिमा रहेका सबै खालका वस्तु ,पदार्थ ,जिब को रक्षा प्रती प्राकृतिक सन्तुलनको सिद्धान्त अनुरुप अघि बढदा सबै खालका महामारी बाट बच्न सकिने र मानबिय सभ्यता संकटपुर्ण अबस्था बाट गुज्रीन नदिन को लागी  खेल्ने  पुंजिवादी राज्यले बढी भन्दा ध्यान दिने र अन्य मुलुकलाइ यसको चपेटाबाट मुक्ती दिनु नै पुंजिवादी राज्यको धर्म हुन सक्छ।।

Shankar Neupane

.

No comments:

Post a Comment

Instagram